गुडिरहेको बसमाथि बम प्रहार

इटहरी । इटहरीमा गुडिरहेको बसमाथि बम प्रहार भएको छ । 

धरानबाट काकरभिट्टातर्फ जाँदै गरेको मे१ख२७३४ नं.को सूर्योदय यातायातमा सुतली बम प्रहार भएको हो ।

गुडिरहेको बसमाथि बम प्रहार भएको प्रत्यक्षदर्शीले बताए । बम बस बाहिरै पड्किएको थियो । जसका कारण बसको बाहिरी भागमा दुईवटा प्वाल परेको छ ।

बसमा बम पड्किएपछि यात्रुहरु आँतिदै बाहिर भागेका थिए । भागदौड गर्नेक्रममा दुईजना बालबालिका सामान्य घाइते भएका छन् । 

बम बिस्फोटबाट क्षति भएको बसलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन कार्कीले भने, बसमा बम प्रहार गर्नेहरुको खोजीका लागि प्रहरी परिचालन गरिएको बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?