पक्राउ परेका यातायात व्यवसायी रिहा भए

सिन्डिकेटको पक्षमा लागेर शुक्रबार सार्वजनिक यातायात बन्द गराएको अभियोगमामा प्रक्राउ परेका ५ व्यवसायी मध्ये ३ व्यवसायी छुटेका छन् ।

सरकारी निर्णय र  सरकारले दिएको निर्देशन मान्ने प्रतिबद्धता जनाएपछि लमजुङ कालिका यातायात सञ्चालक समितिका वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद घिमिरे, उपाध्यक्ष विश्वम्भर अर्याल र सदस्य रेशम दनाई छुटेका हुन् ।

यस्तै अध्यक्ष कृष्णवहादुर अधिकारी र सचिव मृगेन्द्र घिमिरे भने प्रहरी नियन्त्रणमै रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?