यातायात व्यवसायी महासंघको बैठक स्थगित

काठमाडौं । देशभरबाट पदाधिकारी पक्राउ परे पछि यातायात व्यवसायी महासंघले आज बोलाएको बैठक स्थगित भएको छ । 

महासंघले भावी रणनीति तय गर्न बोलाइएको बैठकमा अधिकांश पदाधिकारी उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित भएको हो ।  

यातायात व्यवसायी महासंघले केन्द्रीय अध्यक्ष योगेन्द्र नाथ कर्माचार्यले सरकारको रवैयाको कारण बैठक बस्न नसकेको बताए । कर्माचार्यले पक्राउ परेका पदाधिकारी सरकारले छोडेपछि मात्रै थप आन्दोलन गर्ने नगर्ने निर्णय गरिने बताए ।

सिन्डिकेट यथावत राख्नुपर्ने माग गर्दै आएका यातायात व्यवसायीले शुक्रबार आफ्नो गाडी ग्यारेजमा थन्क्याएर आन्दोलन थालेका थिए । 

शुक्रबार आन्दोलन थालेका यातायात व्यवसायीमाथि सरकार आक्रमक रुपमा प्रस्तुत भएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?