बर्दिया । धनगढीबाट नेपालगञ्ज तर्फ आइरहेको निजी जित बर्दियामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ग्लोबल आईएमई बैंकका शाखा प्रमुखसहित दुईजनाको मृत्यु भएको हो ।
ग्लोबल आईएमई बैंकको बा१७च १२१७ नम्बरको निजी विप शुक्रबार बेलुका बारबर्दिया नगरपालिका ९ औरीमा दुर्घटना भएको थियो ।
दुर्घटनामा परि गम्भीर घाइते भएका ग्लोबल आईएमई बैंकको धनगढी शाखा प्रमुख ४२ वर्षीय रामबहादुर हमाल र सोही बैंकमै कार्यरत कञ्चनपुर घर भएका ३२ वर्षीय भुवन पन्तको कोहलपुर
मेडिकल कजेवमा उपचारका क्रममा ज्यान गएको हो । अन्य ६ जना घाइते भएका छन् ।
घाइतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परि घाइतेहरु खतरामुक्त छन् ।
जीपको पछाडिको पांग्रा फुस्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यकाल बाँसगढीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया