यातायात व्यवसायीको माग वार्तामार्फत पुरा गर्न कांग्रेसको अाग्रह

काठमाडाैं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यातायात सिन्डिकेटधारी व्यवसायीको पक्षपोषण हुने गरि विज्ञप्ति निकालेको छ । 

कांग्रेस केन्द्रिय कार्यालयका मूख्यसचिव कृष्णप्रसाद पाैडेलले शुक्रबार विज्ञप्ति निकाल्दै यातायात व्यवसायीमाथि सरकारले गरिरहेको धरपकड र व्यवसायमाथिको हस्तक्षेप बन्द गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा अाफ्नो हितका लागि व्यवसायीहरूले अान्दोलन गरेको उल्लेख छ भने सरकारले अान्दोलनकारीमाथि गरिरहेको घरपकड बेठिक रहेको जनार्इएको छ । व्यवसायीसँग तत्काल वार्ता गर्न पनि कांग्रेसले सरकारलार्इ सुझाव दिएयको छ ।

नेपाली कांग्रेसको बाँके जिल्ला कार्यसमितिले पनि यातायात व्यवसायीलार्इ दबाबमुलक अख्तियार गरि, थुनछेक गर्ने धम्क्याउने अादि जस्ता बलपूर्वक गरिने क्रियाकलापले समस्याको समाधान नहुने तर्क राख्दै विज्ञप्ति निकालेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?