काठमाडौं- कांग्रेस नेता डा रामशरण महत र डा प्रकाशशरण महत सहोदर दाजुभाइ हुन् । यी दुवै अहिले कांग्रेस कन्द्रीय सदस्य छन् ।
नुवाकोटबाट राजनीति गरेका यी दुई दाजुभाइ पार्टीभित्र एउटै गुटमा छैनन् । दाई महत रामचन्द्र र भाइ महत संस्थापन समूहमा छन् ।
पछिल्ला चुनावमा एकले अर्कोलाई असहयोग नगरेको भन्दै बोलचाल नै बन्द गरेका यी दुईबीच अहिले पार्टीमा आ-आफ्नो समूहबाट को पदाघिकारी बन्ने प्रतिस्पर्धा छ ।
भाइ महत सहमहामन्त्रीमा मनोनीत भएका छन् । डा. रामशरण महामन्त्रीका दाबेदार थिए । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया