देउवाको पनि सिन्डिकेट

काठमाडौं–कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्रको विवादबीच शुक्रबार तीन पदाधिकारी मनोनयन गरेका छन् ।
देउवाले उपसभापतिमा विमलेन्द्र निधिले, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाश शरणमहतलाई नियुक्त गरेका हुन् । तीनै पदाधिकारी संसदको निर्वाचनमा पराजित हुन् । विधान विपरित गठन भएका संसदीय समिति विघटन र केन्द्रीय कार्यसम्पादन समिति पुनर्गठन गर्ने घोषणा गरेलगत्तै देउवाले विधान संशोधन नै नगरी पदाधिकारी मनोनयन गरेपछि कांग्रेसभित्र विवाद थप चुलिएको छ । देउवाको यस कदमलाई अन्य नेताहरुले सिन्डिकेट भनेका छन् । कान्तिपुरमा  समाचार छापिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?