खेत जोत्ने क्रममा डेढ वर्षे बालकको ज्यान गयो

भीमदत्तनगर । कञ्चनपुरको महाकाली नगरपालिका–७ मा आज खेत जोतिरहेको ट्र्याक्टरमा परी डेढ वर्षीय बालकको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार महाकाली नगरपालिका–७ का स्थानीयवासी प्रल्हाद क्षत्रीले चलाएको से१त ५९१८ नंको ट्र्याक्टरले खेत जोत्ने क्रममा एक्कासि ट्र्याक्टरमुनि परी स्थानीयवासी मिरबहादुर मल्लका छोरा अभि मल्लको मृत्यु भएको हो । खेतमा खेलिरहेका मल्लको ट्र्याक्टरमा परेर मृत्यु भएको जनाउँदै प्रहरीले ट्र्याक्टर र चालक नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?