सिन्डिकेटको विरुद्धमा खरो उत्रियो सरकार, २६ माइक्रोका इजाजत रद्द भए

काठमाडौं, २१ वैशाख – सिन्डिकेट लाद्न पाउनुपर्छ भन्दै आन्दोलनमा उत्रेका सिन्डिकेटवालाविरुद्ध सरकार कडा रुपमा खनिएको छ । हडतालमा उत्रिएका सार्वजनिक सवारी साधनको रुट परमिट खारेज गरिएको छ ।

यातायात व्यवस्था विभागले रुटमा नयाँ बस लागेका रुटमा माइक्रो व्यावसायीले सेवा रोकेको भन्दै  सिनामंगल–एनएसी रुटमा चल्ने माइक्रोको रुट खारेज गरेको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सिन्डिकेट लाद्न पाउनुपर्छ भन्ने हडतालमा सहभागी भएकाले सरकारले २६ वटा माइक्रोको रुट परमिट खारेज गरिदिएको हो । सरकारले अरु सवारीको पनि रुट खारेज गर्ने बताएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले यातायात कार्यालयबाट नम्बर तोकेर सिफारिस आएका सवारी आन्दोलनमा सहभागी भए रुट खारेज हुन सक्ने बताए ।

यतायात कार्यालयबाट गाडीहरुको विवरण लिएर रुट खारेज गर्न थालिएको महानिर्देशक भट्टराईले बताए । तर समितिहरुलाई भने गृह मन्त्रालयले मात्रै कारवाही गर्न सक्ने उनले जानकारी दिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?