धौलागिरि बस व्यवसायी समितिका महासचिव पक्राउ

पर्वत । धौलागिरि यातयात बस व्यवसायी सञ्चालक समितिका महासचिव ख्याम लामिछानेलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ । 

गृह मन्त्रालयले सिन्डीकेट चलाउने समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएलगत्तै लामिछानेलाई कुस्माबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिलीप घिमिरेले जानकारी दिए। धौलागिरि अञ्चल यातयात बस व्यवसायी समितिअन्तर्गत चार सय गाडी सञ्चालित छन् ।

समितिले संस्थागत विरोेधका लागि आफ्ना गाडी घरमा राखेको छ । उनीहरुले समितिका गाडी नचलाए पनि अन्य सवारी चलाउन भने अवरोध नगरेको प्रतिक्रिया दिए । लामिछानेलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । यस क्षेत्रका करीब छ व्यवसायीले यातायात ठप्प पार्दा सर्वसाधारण समस्यामा परेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?