उपचाररत डा. देवकोटालाई भेट्न अस्पताल पुगे कांग्रेस नेता केसी

काठमाडौं । नेपाली कांग्रेस नेता अर्जुन नरसिंह केसिले काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत डा. उपेन्द्र देवकोटा र प्रा. डा. यज्ञ अधिकारीलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् ।

केसीसँगै नेपाल चिकित्सक संघमा पूर्व अध्यक्ष डा. केदार नरसिंह केसी तथा पत्रकार चन्द्रमणी गौतमपनि अस्पताल पुगेका थिए । नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) का पूर्वकार्यकारी निर्देशक डा. अधिकारी मस्तिष्कमा समस्या देखिएपछि तीन दिनदेखि न्यूरो अस्पतालमा उपचाररत छन् । भने देवकोटा विगत लामो समयदेखी विभिन्न स्वास्थ्य समस्याले अस्पतालमा उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?