यातायात व्यवसायीमाथि प्रहरीको धावा, महासचिव सरोज सिटौला समातिए

काठमाडौं । सिण्डिकेटको पक्षमा देशव्यापी आमहड्ताल गरेका यातायात व्यावसायीविरुद्ध सरकारले धावा बोाल्न थालेको छ । 

प्रहरीले महासंघका महासचिव सरोज सिटौलालाई प्रहरीले पक्राउ गरेको छ । 

सिटौलालाई काठमाडौंको भृकुटी मण्डपबाट पक्राउ गरिएको हो । गृहमन्त्री रामबहादुर थापाले यातायात सेवा ठप्प पार्ने यातायात समितिका पदाधिकारी र यातायात व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएलगत्तै धमाधम उनीहरु पक्राउ पर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?