काभ्रेका ठकुरीलाई तस्करको सदस्य बनाएका थिए गोरेले, लाश लुकाउन ५० लाखको अफर

काठमाडौं– सुन पसलमा काम गर्दै आएका काभ्रेका देउपुर मन्डनका टेकराज मल्ल ठकुरीलाई  गोरे भन्ने चूडामणि उप्रेतीले तस्करीको सदस्य बनाएको खुल्न आएको छ । 

सुनकाण्डको छानबिन समितिलाई उनले दिएको बयानमा न्युरोडस्थित बेनु श्रेष्ठको सुन पसलमा काम गर्दै गर्दा  आफू सुन तस्करीका नाइके गोरेको समूहमा आबद्ध भएको बताएका छन् । 
सो समूहमा आबद्ध भएसँगै आफूले दुबईबाट पटक पटक सुन ल्याएको उनले बताएका छन् । उनले सबैभन्दा धेरै १५ किलो सुन आफूले सफलतापूर्क एयरपोर्टबाट पास गराएको पहिल्लो पटक साढे ३३ किलो सुन पनि  आफूले पास गराएको तर आफूले अरुलाई हस्तान्तरण गरेपछि बीचमै हरानउन पुगेको बताएका छन् । 

सुरुमा बेनु श्रेष्ठ र गोरेको पार्टनरशिप रहेको तर उनीहरु छुटेपछि आफू गोरसमूहतिर लागेको भन्दै उनले भनेका छन्, –यसरी काम गर्दै जादा करीब काम गरेको केही समय पश्चात बेनु श्रेष्ठ र गोरे भन्ने चुडामणी उप्रेतीको पाट्नर सिप छुटेपछि म गोरे भन्ने चुडामणी उप्रेतीसँग मात्र काम गर्न थाले, उसँग काम गर्न थालेपछि उसैले काम अराउने पैसा दिने काम गथ्र्यो र गोरे भन्ने चुडामणी उप्रेतीसँग काम गर्दै जादा उसले मलाई एकदमै बिश्वासिलो पात्र मानी सँगै गाडीमा लिएर हिड्ने, उसैको गाडी चलाउन दिने र प्रायः जहा जादा पनि मलाई सँगै लिएर हिड्ने र मलाई आवश्यकता अनुसार खर्च पनि दिने गर्दथ्यो । 

यसरी उनीसँग  काम गर्दै  भोजे मामा भन्ने भोजराज भण्डारी, सुरेन्द्र गौतम, टुक बहादुर मगर, रुस्तम मियाँ, रोहित आचार्य, दावा शेर्पा, लाक्पा शेर्पा, कृष्ण बस्नेत, सनम शाक्य, मोहन काफ्ले, कृष्ण भन्ने नरेन्द्र कार्की, भविन राई, सानु बन, एल.बि.मगर, तक्ले भन्ने पुण्य प्रसाद लामा तामाङ्ग, खत्री भन्ने, बालकृष्ण भन्ने, एम.के.अग्रवाल, चाचा जि भन्ने ब्यक्ती, संजय खरेल, शिबानी खरेल, समिर अधिकारी, संजय अधिकारी, शिब कुमार गुबाजु, चेतन भण्डारी र माधब घिमिरे समेतहरुसँग परिचय भई सँगसँगै सुनको कारोबार गर्न थालेको समेत उनले बयान दिएका छन् । 

पछिल्लो समय गत माघ ९ गते आफू  र रोहीत आचार्यले दुबईबाट ल्याएको साढे ३३ किलो सुन सानु बनलाई जिम्मा लगाई हिँडेकोमा उक्त सुन सम्बन्धित ठाउँमा नपुगी बाटैबाट लुटिएको भविन राईले जानकारी  आफूलाई गराएको उनले बयानमा उल्लेख गरेका छन् । 

सुन सुन लुटेको आशंकामा उप्रेतीले सनम शाक्य र मोहन काफ्लेलाई कुट्न र करेन्ट लगाउन लगाएपछि हाल बरामद भएको पाईपले सनम शाक्य र मोहन काफ्लेले रुस्तम मिया, लाक्पा शेर्पा र तक्लेलाई कुटदै करेन्ट समेत लगाउन थालेको बयान दिएका छन् । सोहि क्रममा उनको मृत्यु भएको उनको भनाई छ । 

उनले  चुडामणी उप्रेतीले निजको श्रीमती निरु भन्ने नर्वदा खरेल र निजको भाई रमेश उप्रेती लगायतलाई फोन गरी सनम शाक्यको मृत्यु भएको कुराको जानकारी गराएको पनि उनले बताएका छन् । 

 उनले भनेका छन्– सो पश्चात गोरे भन्ने चुडामणी उप्रेतीले हेटौडामा हाम्रो एक मामा छन भनी को कुन व्यक्तिलाई फोन गर्दा निजले के कुन कुरा गरेर फोन राखिदिए । सो पश्चात गोरे भन्ने चुडामणी उप्रेतीले संजेल मामालाई फोन गर्छु भनी संजेल मामा भन्ने व्यक्तिलाई फोन गरी सनम शाक्यको मृत्यु भएको जानकारी गराई मामा केश मिलाईदिनु तपाईलाई नेपाली रु.२ करोड दिन्छु भन्दा निज संजेल मामा भन्ने व्यक्तिले के कुन कुरा गरि फोन राखे पश्चात निजले मलाई सनम शाक्यको लाश जिम्मा लेउ म तिम्रो परिवारलाई नेपाली रु.५० लाख दिन्छु र तिम्रो परीवारलाई समेत सेटल गरिदिन्छू भनेको र मैले समेत निजको कुरामा सहमती जनाएको थिएँ ।’

तर त्यो योजना पूरा नहुँदै मोरङबाट सनमको शब बरामद भएपछि घटना बारिह आयो । जुन  प्रकरणमा अहिले ठकरीसहित ६३ जना तानिएका छन् । र, मोरङ अदालतमा मुद्दा चलिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?