काठमाडौं । सिन्डिकेट माग्दै गाडी थन्क्याएर बस्ने यातायात व्यवसायीलाई तह लगाउन सरकार आक्रामक बनेको छ ।
गृहमन्त्री रामबहादुर थापा बादलले गाडी नचलाउने यातायात व्यवयासीलाई पक्राउ गर्न ७७ वटै जिल्लामा सर्कुलर जारी गरेसँगै दर्जनौं यातायात व्यावयायी पक्राउ परेका छन् ।
प्रहरीले पश्चिम नेपाल बस व्यवसायी समितका उपाध्यक्ष जीवन कुमार बञ्जाडे, महासविच पदम गाहालाई बुटबलबाट पक्राउ गरेको छ ।
यसैगरी प्रहरीले काभ्रे मिनीवस सेवा समितका उपाध्यक्ष शान्तराम ताम्राकार, हेटौंडामा टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, मेची बस व्यवसायी संघ, पूर्वी नेपाल बस व्यवसायी संघ, हिमाल यातायात बस व्यवसायी संघ, सगमाथा यातायात बस व्यवसायीसंघका पदाधिकारीलाई पनि पक्राउ गरेको छ ।
सरकारले सिन्डिकेटका पक्षमा यातायात वन्द गर्ने यातायात समिति र समितिका पदाधिकारीको सम्पत्ति छानबिनको प्रक्रिया शुक्रवारदेखि नै अगाडि बढाउने जनाइसकेको छ ।
यसैबीच बुटवल यातायात व्यवसायी संघका उपाध्यक्ष अशोककुमार श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया