काठमाडौं । देशभरका सेवा अवरुद्ध गर्ने यातायात व्यवसायी समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्देशन दिएका छन् ।
जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै गृहमन्त्री बादलले अत्यावश्यक सेवा सञ्चालन ऐनअनुरुप कारवाही गर्न निर्देशन दिएका हुन् ।
अत्यावश्यक सेवामा बन्द र हड्ताल गर्न नपाउने कानुन बमोजिम सार्वजनिक यातायात बन्द गराउने यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न प्रहरी परिचालन गर्ने गृहमन्त्रालय स्रोतले बतायो ।
सिन्डिकेट पक्षधर यातायात व्यवसायीले सिन्डिकेट खारेज गर्ने सरकारी निर्णयको विरोधमा शुक्रबार मुलुकभर सार्वजनिक यातायात सेवा बन्द आव्हान गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया