विद्यालयको बसले ठक्कर दिँदा मोरङमा बालिकाको मृत्यु

विराटनगर । मोरङको रङ्गेली नगरपालिका–२ मा बिहीबार साँझ विद्यालयको बसको ठक्करबाट एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ । 

सोही नगरपालिका–३ बस्ने विनोद कार्कीकी तीन वर्षीया छोरी सुजिका कार्कीको मृत्यु भएको १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ । 

ठक्कर दिने धनपालथानस्थित एक अंग्रेजी बोडिङ स्कूलको को १ ख २७८१ नम्बरको सो बससहित चालक इलाका प्रहरी कार्यालय रङ्गेलीको नियन्त्रणमा रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?