कहाँ छन् ‘सुन डन’ गोरे ? श्रीमती अब डिभोर्स दिने

काठमाडौं– गृह मन्त्रालयको छानबिन अनुसन्धान विशेष टोलीले ३८ क्लिन्टल सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरे भारत हुँदै तेस्रो मुलुक पुग्ने अनुमान गरेको छ ।
सुन तस्करी प्रकरण र सनम हत्यापछि झापासँग सीमा जोडिएको सिलगुडी क्षेत्रमा प्रहरी परिचालन हुन सक्ने आशंका गरिएका कारण उप्रेती दुबई पुगेको  हुन सक्ने अनुमान सुरक्षा अधिकारीले गरेको खबर आजको  राजधानी दैनिकमा छापिएको छ ।
यसैबीच सुन डन मानिने उप्रेतीसँग उनकी श्रीमती निरु खरेल उप्रेतीले डिभोर्स दिने बताएको घटना विवरणमा उल्लेख गरिएको  पनि समाचारमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?