काठमाडौं – निर्माणाधीन मोतीहारी-रक्सौल अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल मात्र ढुवानी हुने भएको छ ।
डिजेलको खपत अत्याधिक बढेपछि आपूर्तिको अवस्था सहज बनाउन डिजेल मात्र ढुवानी गर्न लागिएको हो ।
सीमा क्षेत्रको इन्धनको मूल्यमा फरक भएपछि तराईमा डिजेलको माग ह्वात्तै बढेको छ ।
निगमको तथ्यांकअनुसार प्रतिलिटर पेट्रोल २१ रुपैयाँ ९२ पैसा र डिजेलमा २४ रुपैयाँ ६१ पैसा सस्तो छ ।
सस्तो भएपछि माग बढेको हो ।
मालबाहक सवारी साधनहरु नेपालबाटै इन्धन भरेर जाने गर्छन् भारतीय सवारीहरु पनि इन्धन भर्न आउने गरेका छन् । निगमका एक अधिकारीले भने, जसले गर्दा तराईमा माग उच्च छ ।
समाचारमा लेखिएको छ, मागलाई सम्बोधन गर्न पनि डिजेलमा जोड गरेको निगमको दाबी छ । आजको कान्तिपुरमा यसबारे बिस्तृत समाचार छापिएको छ |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया