पहेंलो सुनको कालो धन्दा

काठमाडौं – ११७ अर्ब १ करोड ८० लाख ७१ हजार चार सय १३ रुपैयाँ बिगो मागदाबीसहित जिल्ला अदालत मोरङमा बुधबार पेस गरिएको अभियोगपत्रले वर्षाै‌देखि कसरी अवैध सुन तस्करी निर्बाध चलिरहेको थियो भन्नेबारे अनेकन तथ्य सतहमा ल्याएको छ, कान्तिपुर दैनिकमा खबर छापिएको छ  ।

अदालतमा पेस गरिएका ६३ प्रतिवादी, पक्राउ परेकाको बयान र तिनीहरूको भूमिका सम्मिलित प्रतिवेदनले सुन तस्करीको संगठित अभ्यासबारे नयाँ तथ्य उधिनेको छ । तस्करीको माथिल्लो तहमा को–को थिए र यसलाई कसले भरथेग गरिरहेको थियो भन्नेबारे नयाँ प्रश्न जन्माइदिएको छ ।

तस्करको समूहले विमानस्थलको ग्राउन्ड ह्यान्डलिङमा कार्यरत कर्मचारी, लोडर र प्रहरीका उच्च अधिकारीहरूसँगको मिलेमतोमा कसरी गुपचुप अवैध स्वर्ण धन्दा चलिरहेको थियो भन्ने प्रतिवादीहरूको बयानबाट खुलेको देखिन्छ । संगठित तस्करको समूहले फ्लाई दुबई र थाई एयरलाइन्समार्फत दुबईबाट सुन ओसारेको तथ्य अनुसन्धानले देखाएको छ । दुबईबाट आउने सुन मुख्यत: दुई तरिकाले विमानस्थलबाट बाहिरिने गरेको देखिन्छ, आजको कान्तिपुर दैनिकले खबर छापेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?