विराटनगर । साढे ३३ केजी सुन काण्डमा पक्राउ परेका अभियुक्तहरुको बयान सुरु भएको छ ।
बिहीबारदेखि जिल्ला अदालत, मोरङको ६ नं. इजलासमा पक्राउ उनीहरुको बयान लिन थालिएको हो ।
उक्त इजलास जिल्ला न्यायधिश नारायण प्रसाद शर्माको हो ।
त्यस्तै नियन्त्रणमा रहेको प्रहरी अधिकारीहरु मध्ये सई बालकृष्ण सञ्जेल र एयरलान्सका कर्मचारी मध्ये राजु महर्जनलाई समेत कर्तव्य ज्यानको मुद्दा लगाइएको जिल्ला सरकारी वकिल कार्यालयका पुन्यप्रसाद पाठकले बताएका छन् ।
यसअघि साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा बुधबार नेपाली प्रहरीका ७ जना अधिकारीसहित ६३ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।
गत माघ ९ गते दुबईबाट ल्याइएको साढे ३३ किलो सुन हराएपछि खोजबिन सुरु भएको थियो । उक्त हराएको सुन लुकाएको भन्दै मोरङ उर्लाबारीका सनम शाक्यको गत फागुन १८ गते हत्या भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया