काठमाडौं । महिलाहरुले लगाएको सुनको सिक्री लुटपाट गर्ने यासिफ शेख पक्राउ परेको छ ।
घाँटीमा सुनको सिक्री लगाएर राजधानीका शपिङ सेन्टरर चोकका गल्लीहरुमा निस्कने महिलालाई पछ्याउँदै सिक्री लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले यासिफ शेखलाई पक्राउ गरेको हो ।
स्कुटरको प्रयोग गर्दै सिक्री लुटपाट कार्यमा संलग्न यासिफ खानलाई गत आईतबार पुरानो बानेश्वर हाईट स्थित सेतो पुल नजिकबाट नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखा प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले जानकारी दिएका छन् ।
‘पक्राउ परेका शेखले राजधानीका चार स्थानबाट सिक्री लुटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’ एसएसपी सिंहले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’
गर्मी मौसम शुरु भएपछि ज्याकेट नलगाउने र त्यस्तो अवस्थामा सिक्री लुट्न सजिलो हुने भन्दै यासिफले स्कुटर चढेर पैदल यात्री महिलाहरुको सिक्री लुटपाट गर्दै आएका थिए । शेखले गत आइतबार उदयपुरको कटारी नगरपलिका–३ स्थायी घर भएकी पुरानो बानेश्वर बस्ने यमुना राईको घाँटीमा लगाएको सुनको सिक्री सहितका साढे १ तोला सिक्री लुटेको बताइएको छ ।
महाशाखाले शेखलाई उनले चोरी गरेको सिक्री र स्कुटर सहित नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागी प्रहरी परिसर काठमाडौंमा पठाएको छ ।
रौतहटको झुनखुनवा गाविस–६ स्थायी घर भएका शेख मैतिदेवी बस्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया