महोत्तरी : साइबेरियाबाट बसार्इं सर्दै नेपाल अार्इपुगेका चरा एकीकृत भएर बसेपछि महोत्तरीको गौशाला क्षेत्र सेताम्मे बन्दै गएको छ ।
बकुल्ला झैँ देखिने यी चरा इलाका प्रहरी कार्यालय, गौशालाको परिसरमा रहेको मसलाको रुखमा गुँड बनाएर बसेपछि यहाँको वातावरण नै सेताम्मे बनेको छ ।
वर्षेनि गर्मी मौसम शुरु भएलगत्तै यहाँ आउने यी चरा असोज मसान्ततिर साइबेरीयातर्फ फर्किने गरेका छन् । वर्षेनि नेपालको यस क्षेत्रमा मात्र किन आउँछन् कौतुहलताको विषय भएता पनि सो कुरा अझै पत्ता लागेको छैन ।

नेपालको यस स्थानमा मात्र आउने साइबेरियन चरा वर्षेनि गर्मी मौसमको शुरुवातसँगै आउने र असोजको अन्तिमसम्ममा फर्कने गरेको स्थानीय नागेन्द्रकुमार साहले बताए । बकुल्लाजस्तै देखिने सेतो रङको चरा बकुल्ला प्रजातिको भएको र ६ महिनासम्मको बसाइ यी पक्षीका लागि प्रजननको समय भएकाले यस स्थानमा आउने गरेको साहको भनार्इ छ ।
अन्य स्थानभन्दा प्रहरी कार्यालय सुरक्षित भएको र यहाँको मौसम पनि घुमन्ते चराका लागि उपयुक्त भएपछि वर्षेनि सोही स्थानमा यी चरा आउने गरेको हो । सेतो घाँटी र पहेँलो घाँटी भएको उक्त साइबेरियन चरालाई इलाका प्रहरी कार्यालय, गौशाला र महोत्तरीवासीले पाहुनाका रुपमा लिएको र आफूहरुले वर्षौंदेखि यसको संरक्षण, हेरचाहमा समेत ध्यान दिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टको भनार्इ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया