इरानसँग अमेरिकाले सम्झाैता खारेज गरे युद्द : युएन महासचिव गुटेरस

काठमाडाैं : अमेरिकाले इरानसँगको परमाणु सम्झाैता खारेज गरे युद्द अवश्यम्भावी हुनसक्ने संयुक्त राष्ट्रसंघले जनाएको छ । 

रूस र चीनलगायतका मुलुकको पहलमा इरान र अमेरिकाबीच इरानको परमाणु क्षमता सीमित गर्ने सम्झाैता भएको छ । तर, इरानले अझै अाणविक हतियार विकास गरिरहेको र यो सम्झाैताले अाफुलार्इ हानिमात्रै गरेको जनाउँदै अमेरिकाले बारम्बार सम्झाैता खारेज गर्ने धम्की दिर्इरहेको छ । तर इरानले अमेरिकी अारोप पूर्णत ः झुठो रहेको प्रतिक्रिया दिँदै अाएको छ।

इरान सम्झाैतामा देखिएको पछिल्लो विवादलार्इ हल गर्न राष्ट्रसंघले अमेरिकालार्इ जिम्मेवार भएर अघि बढ्न सुझाएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले अमेरिकालाई इरानसँगको अन्तराष्ट्रिय सम्झौताबाट पछि नहट्न आग्रह गरेका छन्।

बिबिसीसँग कुरा गर्दै गुटेरसले अहिले मध्यपूर्व खतरनाक स्थितिमा गुज्रिरहेको र कुनै एक पक्षले इरान सम्झौता भंग गरे युद्धको जोखिम रहेको बताएका छन्। तर, इरानले आफ्नो प्रतिबद्धता पुरा नगरेको दाबी गर्दै अमेरिकाले बारम्बार उक्त सम्झाैताबाट अलग हुने चेतावनी दिर्इरहेको छ । 

इरानले सन् २०१५ मा आफ्नो अधिकांश परमाणु कार्यक्रमलाई स्थगित गर्ने सम्झाैता गरेको थियो। सम्झाैताबापत अन्तरराष्ट्रिय समुदायले त्यसअघि इरानमाथि लगाएका धेरै अार्थिक नाकाबन्दी फुकुवा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?