गण्डकी प्रदेश : दोबाटे मन्त्रीमा नियुक्त, आजै लिए सपथ

लोकपथ
611
Shares

काठमाडौं । गण्डकी प्रदेश नेपाली कांग्रेसका सांसद दोबाटे विश्वकर्मा मन्त्रीमा नियुक्त भएका छन् ।

सोमबार (आज) मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले दोबाटेलाई बिना विभागीय मन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्री दोबाटेले आजै प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष पद तथा गोपनियताको सपथग्रहण गरेका छन् ।

यसअघि गण्डकीको मन्त्रिपरिषद् विस्तार हुँदा अन्तिम अवस्थामा नाम काटिएका दोबाटेलाई मन्त्री बनाउन मुख्यमन्त्री पोखरेलले केन्द्रीय नेताहरुको आग्रहपछि मन्त्री बनाउने प्रक्रिया थालेका थिए । यसअघि मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलपछि मुख्यमन्त्री पोखरेलले दोबाटेलाई मन्त्री बनाएका हुन् ।

यसअघि मन्त्रिपरिषद् विस्तारका बेला डोबाटे मन्त्री हुने सूचीमा रहे पनि अन्तिममा हटाएर विन्दुकुमार थापा मन्त्री बनेका थिए । जुन कुराको चौतर्फी आलोचना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?