काठमाडौँ- कांग्रेसले विजयकुमार गच्छदार नेतृत्वकोे तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका नेता/कार्यकर्तालाई एक महिनाभित्र कांग्रेसको क्रियाशील सदस्यता प्रदान गर्ने र समायोजनका बाँकी कार्यलाई एक महिनाभित्र पूरा गर्ने जनाएको छ, आजको नयाँ पत्रिकामा खबर छ ।
२९ असोज ०७४ मा लोकतान्त्रिक फोरम कांग्रेससँग एकीकृत भएको थियो । निर्वाचनका वेला अन्य पार्टीको क्रियाशील सदस्यता परित्याग गरी कांग्रेस प्रवेश गर्नेहरूलाई पनि क्रियाशील सदस्यता प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया