१० बुँदे घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन

लुम्बिनी । लुम्बिनीलाई भगवान बुद्धको जन्मस्थल र बुद्धधर्म विश्व शान्तिको मुहानको रुपमा स्वीकार गर्ने निर्णय गर्दै लुम्बिनीमा जारी अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको समापन भएको छ । 

सम्मेलनमा भेला भएकाले विगतमा भएका उपलब्धीहरुलाई समेट्दै बुद्ध धर्म र विश्व शान्तिको मुहान लुम्बिनीलाई स्वीकार्दै प्रवद्र्धन गर्ने प्रतिवद्धता जनाएका छन । 

मानवताको सबैभन्दा ठूलो गुरुको जन्मस्थलको महानतालाई बोध गर्दै र यसले अन्तर्राष्टिय भाइचारा, दया, करुणा र मानवजातिको लागि र अन्तरआस्था र शान्ति सम्वादको लागि अन्तराष्टिय केन्द्रको रुपमा विकासित गर्दै लैजाने सहभाी मुलुकका कार्यपत्र प्रस्तोताले जनाए । 

उनिहहरु लुम्बिनीलाई विश्व शान्तिको केन्द्रको रुपमा विकास गर्ने सहभत भएका छन । जहाँ धर्म र धर्मनिरपेक्ष नेताहरुको एकै थलोमा आएर गरिवीबाट उन्मुक्ति दिलाउने र संयुक्त राष्ट संघ र नेपाल सरकारले देखेको दृष्टिकोणलाई अगाडि बढाउने प्रतिवद्धता जनाएका छन । 

विश्व समुदायलाई बढ्दो हिंशा, असहिष्णुता र द्धन्दको सम्बोधन गर्न अह्वान गर्ने र दिगो विश्व शान्तिको निम्ति बुद्धको शिक्षालाई अवलम्बन गर्दै अन्तरआस्था, सहयोग, सदाचारहरुलाई प्रवद्र्धन गर्दै रणनीति तर्जुमा गर्ने लुम्बिनी बिकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीले बताए । 

सन् २०१६मा घोषणा गरिएको लुम्बिनी घोषणापत्रमा उल्लेखित लुम्बिनी नेपाललाई भगवान बुद्धको जन्मस्थल र बौद्धधर्म र विश्वशान्तिको मुहानलाई विश्वरुपमा प्रवद्र्धन गर्नका लागी सबै एकमतले सहमत छन् । यसका साथै केन्जो टांगेद्धारा डिजाइन गरिएको लम्बिनी गुरुयोजनालाई शान्ति र मावनताको विश्वकेन्द्रको रुपमा सम्पन्न गर्ने कुरामा सहमत भएका छन । 

सम्मेलनको समापन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको दर्शनको बारेमा लामो व्याख्या गर्दै लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभएर बुद्ध धर्मको उद्गम थलो भएको सम्मेलनले पुष्टि गरेको बताए । विश्वलाई अध्यारोबाट हटाउनको लागी बुद्ध र बुद्धको दर्शनले महत्वपूर्ण टेवा पुर्याएको उल्लेख गरे । उनले हत्या र हिंसाबाट हैन कि विश्वले शान्तीको बाटो पछ्याउनु पर्ने बताए । 

लुम्बिनी गुरुयोजना समयमै पुरा गर्नका लागी सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै पुरतत्व क्षेत्रको उत्खनन् र संरक्षणमा लाग्दै बृहत्तर लुम्बिनीलाई पूर्णता दिने बताए । 

लुम्बिनीलाई विश्वशान्तीको केन्द्रको रुपमा विकास गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?