दुई झाँक्रीले किन हाम फाले कर्णालीमा ?

बाजुरा । धामीझाँक्रीको शक्ति देखाउने भन्दै दुई जनाले कर्णाली नदीमा हाफ फालेका छन् । नदीमा हाम फाल्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना वेपत्ता भएका छन् ।

बाजुराको जगन्नाथ गाउपालिका–१ धामीझाक्रिको शक्ति देखाउँने भन्दै कर्णाली नदिमा हाम फालेका थिए । 

प्रहरी प्रमुख नायव उपरीक्षक (डिएसपी) अर्जुन रानाभाटका अनुसार नदीमा हाम फालेर मृत्यु हुनेमा ६१ वर्षीया मानबहादुर सिंह विष्ट छन् भने ५३ वर्षीय जयबहादुर विष्ट वेपत्ता भएका छन् । 

कर्णाली नदीको बगरामा बसेर काम्दै काम्दै दुवैले नदीमा हाम फालेको स्थानीयले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?