इस्लामावाद । पाकिस्तानी विदेश मन्त्रालयले वाशिङ्टनस्थित आफ्नो राजदूतलाई चेतावनी पत्र पठाएको छ ।
पाकिस्तानी विदेश मन्त्रालयले वाशिङ्टनस्थित राजदूत डा. असद मजेद खानलाई एक पत्र पठाउँदै आवश्यक कूटनीतिक रणनीतिहरुमार्फत अमेरिकासँग सम्बन्ध सुधार गर्न चेतावनी दिइएको हो ।
पत्रमा पाकिस्तानी प्रधानमन्त्री कार्यालय र अमेरिकी राष्ट्रपति कार्यालयबीच कूटनीतिक सञ्चारका लागि आवश्यक वातावरण मिलाउन दूतावास असफल भएको बताइएको छ ।
अफगानिस्तानको युद्धग्रस्त अवस्थालाई सुधार गर्न पाकिस्तानले महत्वपूर्ण भूमिका खेलेको भएपनि अमेरिकाले पाकिस्तानी नेतृत्वप्रति हेर्ने दृष्टिकोणमा भने कुनै परिवर्तन नआएको बताइएको छ । यसका लागि दूतावासको कमजोरी नै जिम्मेवार भएको ठहर गरिएको छ ।
यस्ता घटनाले वाशिङ्टनमा पाकिस्तानी कूटनीति कमजोर रहेको र त्यसको परिणाम ह्वाइटहाउसको पाकिस्तानप्रतिको दृष्टिकोण पनि अपरिपक्व भएको बताइएको छ ।
विदेश मन्त्रालयले पाकिस्तानका सम्पूर्ण कूटनीतिक मञ्चहरुको प्रयोग गरेर वाशिङ्टनसँगको सम्बन्ध सुधारका लागि पहल गर्न निर्देशन दिएको हो । अमेरिकाले भने पाकिस्तानलाई अफगानिस्तानमा तालिबानलाई सहयोग गरेको आरोप लगाइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया