केहि दिनयताकाे माैसम बदलीका कारण परेको चट्याङ लागेर अछामको मंगलसेन नगरपालिकामा ७ जना व्यक्ति घार्इते भएका छन् । स्थानीय कृषकले लगाएको गहुँबाली समेत असिनाले सखाप पारेको छ ।
चौरपार्टी गाउँपालिका–१ सिउडीको छरी खोलामा आएको बाढीले छ बाख्रा मरेको तथा १०० भन्दा बढी बाख्राको उद्धार गरिएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए। किसानले व्यावसायिक रुपमा बाख्रापालन गरेका छन् ।
असिनापानीसँगैको चट्याङ लागेर नगरपालिका–५ का घाइतेमध्ये मनिषा भाटलाई बढी चोट लागेकाले केही घण्टा बेहोश भएपछि अहिले होशमा आएको प्रहरीले जनाएको छ । छ जना सामान्य घाइते सामान्य उपचारपछि घर फर्किएका छन् ।
यसैबीच, असिनापानीले पाकिसकेको गहुँ र तरकारी खेतीमा ठूलो क्षति पु¥याएको रामारोशन गाउँपालिकाका कृषक गीता साउदले बताए। आधा केजीसम्मको असिना परेपछि तरकारी र गहुँखेती सखाप पारेको मेल्लेख गाउँपालिकाका कृषक मनिराज भट्टराई जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया