पाल्पा- सरकारले यातायात तथा ढुवानी क्षेत्रमा आलोपालो प्रथा खारेज गरेपछि व्यवसायी चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । यातायात व्यवसायीले गरेको आन्दोलनको कारण पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, नवलपरासीलगायत प्रदेश ५ का विभिन्न जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
यातायात व्यवसायीले सरकारविरुद्ध सवारीसाधनको ‘क्यु फ्री’ गर्दै यातायात काउन्टर बन्द गरेका छन् । वैशाख ५ गतेदेखि सवारीसाधनमा कालो झण्डा राखेर सांकेतिक विरोधमा उत्रिएका व्यवसायीले वैशाख १४ र १५ गते ‘क्यु फ्री’ गरी विरोध जनाएका हुन् ।
व्यवसायीले देशैभर गरेको ‘क्यु फ्री’ आन्दोलनका कारण यात्रु मर्कामा परेका छन् । उनीहरू समयमा गन्तव्यमा पुग्न सकेका छैनन् । सरकारले गरेको निर्यणको विरोधमा यातायात व्यवसायीले आलोपालो नियमभन्दा आफूखुसी सवारी चलाइरहेका छन् । सवारीसाधन छुट्ने र पुग्ने समयको कुनै नियम नभई सवारीधनीले आफूखुसी सवारीसाधन चलाउन थालेका हुन् । सरकारले व्यवसायीका सवारीसाधनलाई आलोपालो प्रथा खारेज गर्दै सेवामूलक संस्थाका रूपमा सञ्चालनमा रहेका यातायात व्यवसायीलाई प्रालिको रूपमा दर्ता गर्ने नियम जारी गरेपछि व्यवसायीले अबौं लगानी जोखिममा परेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया