हेर्नुहोस् आजका टप १५ हेडलाइन्स् (भिडियोसहित)

लोकपथ
56
Shares

१. बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणविरुद्ध परेको रिटमा सर्वोच्च अदालतलमा बहस सकियो, पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईबारे अन्तिम फैसला भने कात्तिक १५ मा सुनाइने

२. कम्युनिस्ट आन्दोलनविरोधी गठबन्धनविरुद्ध संघर्ष गर्न नयाँ गठबन्धन बनाइएको माओवादी अध्यक्ष प्रचण्डको दाबी, समाजवादी क्रान्तिको कार्यनीति र आचरण पनि नभएको भनाइ

३. सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन नभएको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’को असन्तुष्टि, सहमति कार्यान्वयन नभए जटिल स्थितिको सिर्जना हुनसक्ने चेतावनी

४. जनकपुर बम काण्डमा जन्मकैदको सजाय पाएका पूर्वराज्यमन्त्री सञ्जय साह ‘तक्ला’को सजाय घट्यो, उच्च अदालत जनकपुरद्वारा १२ वर्षको कैद सजाय घटाउँदै ७ वर्ष कायम

५. पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत रहेको सभामुख अग्निप्रसाद सापकोटाको भनाइ, संसदलाई जीवन्त र जनमुखी बनाउने प्रतिबद्धता

६. बितेको २४ घण्टामा गरिएको १० हजार ८ सय ७४ परीक्षणमा १ हजार ३० जनामा कोरोना संक्रमण पुष्टि, १ हजार जना संक्रमणमुक्त, १० जनाको मृत्यु

७. मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशको नाम जोडेको भन्दै सर्वोच्च अदालतको आपत्ति, आफूले भाग खोजेको भन्ने हल्ला गलत भएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको दाबी

८. चाडपर्व नजिकिएसँगै काठमाडौंमा पाकेटमारको बिगबिगी, प्रहरीद्वारा उपत्यकाका विभिन्न स्थानबाट २०७ पाकेटमार पक्राउ

९.गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच पु¥याउन राष्ट्रपति विद्यादेवी भण्डारीको जोड, क्यान्सरजस्ता रोग मानव जीवनका लागि विश्वव्यापी चुनौतीको रूपमा देखा परेको भनाइ

१०. यस वर्षको चिकित्साशास्त्रको नोबेल पुरस्कार अमेरिकी नागरिक जुलियस र लेबनानका नागरिक पाटापोटियनलाई दिइने, स्नायु प्रणालीसम्बन्धी अनुसन्धानमा उपलब्धि हासिल गरेको भन्दै पुरस्कार दिने घोषणा

११. लाभांशको सिजनमा पनि सेयर बजारले गति लिन सकेन, नेप्से सामान्य अंकले घट्दा ३ अर्बमा खुम्चियो कारोबार, पर्ख र हेरको अवस्थामा लगानीकर्ता

१२. अफगानिस्तानको राजधानी काबुलमा सरकारी सुरक्षाकर्मी र आईएस लडाकुबीच भिडन्त, भिडन्तमा तीन आईएस लडाकु मारिए

१३. साउदी अरेबिया नेतृत्वको सैन्य कारबाहीमा यमनमा २८ हुथी विद्रोहीको मृत्यु, हुथी विद्रोहीले प्रयोग गर्ने शक्तिशाली हतियार समेत बरामद

१४. चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा भैरहवा विजयी, चितवन ६ विकेटले पराजित

१५. र साफ च्याम्पियनसिप फुटबलअन्तर्गत आज नेपाल श्रीलंकासँग भिड्दै, नेपाल श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्ने दाउमा

https://www.facebook.com/lokpath/videos/554131265814994

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?