काठमाडौं । फरार रहेका डिएसपी सञ्जय राउत सम्पर्कमा आएका छन् । सरकारले गठन गरेको छानबिन समितिको बयानकै क्रममा मंगलबार साँझ डिएसपी राउत फरार भएका थिए ।
डिएसपी राउतलाई बयानको लागि गृहमन्त्रालयमा बुझाइएको प्रहरी स्रोतले जनाएको छ।
समितिको आग्रहमा बुधबार मात्र प्रहरी प्रधान कार्यालयले ७७ जिल्लाका प्रहरी कार्यालयलाई सर्कुलर जारी गरेको थियो ।
सम्पर्क बाहिर जाँदा प्रहरीलाई पक्राउ गर्न आदेश गरिएको थियो ।
उक्त कुरा बाहिर आएपछि राउत बिहिबार आफैं उपस्थित भएको स्रोतले बतायो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया