टोकियो । जापानको सत्तारुढ दल लिवरल डेमोक्रयाटिक पार्टी (एलडीपी) को दोस्रो मुख्य पदमा अर्का प्रभावशाली नेता अकिरा अमारीलाई नियुक्त गरिएको छ ।
पार्टीका नवनिर्वाचित अध्यक्ष तथा भावी प्रधानमन्त्री फुमिओ किशिदाले पूर्व अर्थमन्त्री समेत रहनु भएका अमारीलाई पार्टीको महासचिवमा नियुक्त गरेका हुन्।
पार्टीको अति महत्वपूर्ण जिम्मेबारी अमारीलाई सुम्पिने निर्णय उहाँले बिहीबार गर्नु भएको पार्टी श्रोतले जनाएको छ ।
अहिले पार्टीको कर प्रणालीसम्वन्धी अनुसन्धान आयोगको प्रमुख रहेका ७२ बर्षीय नेता अमारीलाई जापानमा क्षमतावान, प्रभावशाली र राम्रो नेताको रूपमा चिनिन्छ ।
पार्टी अध्यक्षमा किशिदा निर्वाचित भएपछि पार्टी र सरकार तर्फ धेरै जिम्मेवारी हेरफेर हुने देखिएको छ ।
जापानका पूर्व विदेशमन्त्रीसमेत रहेका किशिदाले २५७ मत ल्याएर जित हासिल गरेका छन् । उनका प्रतिस्पर्धी तारो कोनोले भने १७० मत ल्याएका थिए
नवनिर्वाचत अध्यक्ष किशिदाले वर्तमान प्रधानमन्त्री योशिहिडे सुगालाई विस्थापित गर्नुहुने छ । सुगाले पार्टी अध्यक्षमा उम्मेदवारी नदिएपछि किशिदाले निर्वाचित हुने मौका पाएका हुन् ।
सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको र कोरोनाभाइरसको महामारीको सन्तोषजनक व्यवस्थापन गर्न नसकेकोभन्दै आलोचना भएपछि सुगाले प्रधानमन्त्रीबाट आफै पछि हट्ने घोषणा गरेका थिए । उनले प्रधानमन्त्री भएको झण्डै एक बर्षमै विदा हुनलागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया