दीर्घकालीन समझौता नभएसम्म चीनसँग सीमा विवाद भइरहन्छ : भारतीय सेनाप्रमुख नरवणे

लोकपथ
329
Shares

काठमाडौं । भारतीय सेनाप्रमुख जनरल एमएम नरवणेले चीनसँग सीमा सम्झौता नभएसम्म घटनाहरु जारी रहने बताएका छन् ।

बिहीबार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीमा आयोजित एक कार्यक्रममा बोल्दै नरवणेले दुई देशहरुबीचको सम्झौता नभएसम्म घटनाहरु जारी रहने बताएका हुन् ।

अफगानिस्तानमा भएको पछिल्लो घटनाक्रममा पनि भारतीय सेनाले नजर राखेको उनले बताए ।

चीन र भारतको सीमा विवाद अझै जारी रहेको भन्दै आफूहरु जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तयार रहेको नरवणेले बताए ।

‘यस्ता घटनाहरु तबसम्म भइरहन्छन्, जबसम्म सीमा विवादको दीर्घकालीन समाधान हुँदैन । त्यसैले दुवै देशले सीमामा शान्ति कायम राख्न बलियो प्रयास गर्नुपर्छ’, उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?