काठमाडौं । जापानमा बुधबार शक्तिशाली भूकम्प आएको छ । जापान भूगर्भ विभागले दिएको जानकारी अनुसार ६.१ म्याग्निच्युडको भूकम्प आएको हो ।
जापानको सामुद्रिक क्षेत्रमा केन्द्रबिन्दु भएर भूकम्प आएकाले मानवीय क्षति भने हुन नपाएको अधिकारीले जनाएका छन् । स्थानीय समयअनुसार बेलुका ५:३७ बजे भूकम्प आएको विभागले जानकारी दिएको छ ।
भूकम्प आएपनि आँधीको सम्भावना भने नदेखिएको अधिकारीले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया