पाकिस्तानले बालबालिका लक्षित कोभिड विरुद्धको खोप अभियान सञ्चालन गर्ने

RSS
84
Shares

काठमाडौं । पाकिस्तानले १२ वर्ष र सोभन्दा माथिका उमेर समूहका बालबालिकालाई लक्षित गरी कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। यहाँका योजनामन्त्री असद उमारले मंगलबार उक्त घोषणा गरेका हुन्।

हाल पाकिस्तानमा कोरोना संक्रमणबाट हुने मृत्युमा कमी आएको छ। मन्त्री उमारले ट्वीट गर्दै छिटै यो अभियान विद्यालय केन्द्रित भई सञ्चालन गरिने जनाएका छन्।

पाकिस्तानमा पछिल्लो २४ घण्टामा १,४०० नयाँ संक्रमित फेला परेका छन् भने भाइरस संक्रमणका कारण ४१ जनाले ज्यान गुमाएका छन् ।

पाकिस्तानमा जुलाइदेखि दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या १,५०० भन्दा कम भएको यो पहिलो पटक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?