काठमाडौँ, ५ बैशाख- बहुप्रतीक्षित मोतीहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम तीव्र गतिमा भइरहेको छ । गत २३ फागुनदेखि पाइपको वेल्डिङ सुरु गरिएको थियो । भारतबाट आयातीत पाइप वेल्डिङ गरी खाडलमा हाल्ने काम भने मंगलबारबाट सुरु भएको छ ।मंगलबार सिमरामा आयोजित एक कार्यक्रमका बीच बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले पाइप गाड्ने कामको शिलान्यास गरेको खबर नयाँ पत्रिकामा छापिएको छ । जितपुर–सिमरा उपमहानगरपालिका २ स्थित तराई यातायात व्यवसायी संघको धर्मकाँटा नजिकबाट सोमबार खाडल खन्ने कार्य सुरु गरिएको थियो । आयोजना सम्पन्न गर्न छोटो समयमा भारतीय पक्षले गरेको कामको मानन्धरले प्रशंसा गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया