काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किएका छन् ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजका लागि ओमान गएको नेपाली टिम मंगलबार बिहान स्वदेश फर्किएका हुन् ।
उक्त सिरिजमा भएका ४ खेलमा नेपालले दुई जित हात पारेको थियो ।
नेपालले आइतबार भएको खेलमा घरेलु टोली ओमानलाई ७ विकेटले पराजित गरेको थियो । जुन नेपालले एकदिवसीय अन्तराष्ट्रियमा ओमानमाथि पहिलो जित निकालेको थियो ।
ओमानलाई हराएपछि नेपाल लिग-२ को चौंथो स्थानमा समेत उक्लिएको छ । नेपालले ८ खेलमा ८ अंक जोडेको छ । ओमान १३ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया