अर्जेन्टिनाको मन्त्रिपरिषदमा फेरि फेरबदल

लोकपथ
35
Shares

अर्जेन्टिना । अर्जेन्टिनाको मन्त्रिपरिषदमा शुक्रबार फेरि फेरबदल भएको छ ।

राष्ट्रपति अल्बेर्टो फेर्नान्डोजले नयाँ राजनीतिक संकट उत्पन्न भएसँगै मन्त्रिपरिषदमा पुनः हेरफेर गरेको बताइएको छ ।

नयाँ मन्त्रिपरिषदमा अनिबाल फर्नेन्डोजले सुरक्षा, जुलियन डोमिन्गुजले कृषि, जोन पेर्जाक्सले शिक्षा र डानियल फिल्मुसले विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

योसँगै प्रमुख प्रशासकको जिम्मेवारी पनि जोन मन्जुरलाई दिइएको छ । उनी यसअघि तुकुमन प्रान्तको गभर्नर थिए ।

राष्ट्रपति फेर्नान्डोजले विदेश मन्त्रीलाई पनि उनी विदेशमा रहेको बेला पदमुक्त गरेको बताइएको छ । विदेश मन्त्री फिलिप सोला ल्याटिन अमेरिकी समूदायको सम्मेलनमा सहभागी हुन मेक्सिको गएका हुन् । सो सम्मेलन शनिबारदेखि शुरु भएको छ।

सम्मेलनमा राष्ट्रपति फेनार्न्डेज समेत सहभागी हुने कार्यक्रम भएको भएपनि उनको भ्रमण स्थगित भएको छ । उनले देश भित्रको राजनीतिक संकटकै कारणले भ्रमण स्थगित गरिएको उनको सचिवालयले जनाएको छ ।

उनले अर्को हप्ता अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा समेत सहभागी नहुने निर्णय सुनाइ सकेका छन्।
मन्त्रिपरिषद्का नयाँ सदस्यहरूलाई सोमबार शपथ ग्रहण गराउँदै जिम्मेवारी सुम्पिने राष्ट्रपतिको योजना छ ।

उनले जोन रोसलाई नयाँ सञ्चार सचिवको रूपमा नियुक्त गरेका छन् । यसअघि सो पदमा जोन पाब्लो बिओन्डी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?