उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण

RSS
49
Shares

उत्तर कोरिया । उत्तर कोरियाले बुधबार दिउसो दुई क्षेप्यास्त्र परीक्षण गरेको छ । देशको पूर्वी समुन्द्रमा क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाका उच्च अधिकारीहरुले जानकारी दिएका छन् ।

उत्तर कोरियाको मध्य भागबाट क्षेप्यास्त्र प्रहार भएको पनि बताइएको छ । दक्षिण कोरियाको समाचार संस्था योन्हापले श्रोतलाई उल्लेख गर्दै सम्प्रेषण गरेको समाचारमा क्षेप्यास्त्र परीक्षणका प्रारम्भिक विवरणहरु मात्रै उल्लेख छन् ।

अमेरिकी गुप्तचर निकायका अधिकारीहरुले पनि क्षेप्यास्त्र परीक्षणका बारेमा थप सूचना संकलन भइरहेको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?