काठमाडौं । तालिबान र अफगानी राष्ट्रपति घनी सरकारबीचको द्वन्द्वको बेला बाल्ख प्रान्तकी महिला गभर्नर सलीमा मजारीलाई बन्धक बनाइएको थियो। उनीहरुलाई अज्ञात ठाउँमा राखिएको भन्ने हल्ला चलेको थियो ।
यसपछि, जब काबुलमा तालिबानले कब्जा गर्यो, सबैले तालिबानले बन्धक बनाएकी महिला गभर्नर सलीमा मजारीको मृत्यु भइसक्यो, तालिबानले नै उनको हत्या गर्यो भन्ने खबरहरु बाहिरिएका थिए ।
टाइम पत्रिकाको एक रिपोर्टमा सलीमा मजारी अझै जीवित र सुरक्षित रहेको बताइएको छ । उनी तालिबानको कब्जाबाट उम्किएर सुरक्षित ठाउँमा पुग्न सफल भएको बताइएको छ ।
मजारी अफगानिस्तानमा पहिलो महिला गभर्नर थिइन् । उनी केही वर्षपहिले मात्र बल्खको चारकिन्ट जिल्लाको गभर्नर चुनिएकी थिइन् । गत महिना जब तालिबानले एक पछि अर्को गर्दै सबै प्रान्तहरुमा आक्रमण गर्न थाले, सलीमाले भाग्नेभन्दा लड्ने निर्णय गरिन् ।
बाल्खले अन्ततः आत्मसमर्पण गर्नु परेपछि उनको जिल्ला तालिबानले घेरा हाले। यो समाचार आएपछि तालिबानले सलीमालाई बन्धक बनाएको थियो । कसैलाई थाहा थिएन कि उनलाई कुन अवस्थामा राखिएको थियो।
सलीमा अमेरिकामा सुरक्षित छिन्
टाइम पत्रिकाको रिपोर्टमा तालिबानको कब्जाबाट भाग्न सफल सलीमा सुरक्षित छन् र अमेरिकामा छिन् । टाइम पत्रिकाले यो दाबी अफगानिस्तानका पत्रकार जकाइरा र क्यानेडियन पत्रकार रोबिनको रिपोर्टको आधारमा गरेको हो। जाकाइरा तालिबान र अफगानिस्तान सरकारबीच चलिरहेको द्वन्द्वको क्रममा सलीमाको सम्पर्कमा थिए। तालिबानले कब्जा गरेपछि सलीमा भाग्न सफल भएकी थिइन्।
तालिबानले ३० पटक आक्रमण
तालिबानले ३० पटक आक्रमण गरेको सलीमाले केही मिडियासँग बताएकी थिइन् । तालिबानले चारकिन्टमा उनीहरुलाई परास्त गर्न ३० पटक आक्रमण गर्नु परेको थियो। प्रत्येक पटक तालिबान एक नयाँ मार्गबाट आक्रमण र पराजित भएको थियो। अन्ततः तालिबानले बाल्ख पनि नियन्त्रण पनि लिएका थिए ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया