भारत सरकारले ब्रह्मपुत्र नदीमा पानीभित्र १५.६ किमी लामो दोहोरो सडक सुरुङ बनाउने

लोकपथ
504
Shares

नयाँ दिल्ली। पूर्वी लद्दाखमा चीनसित गतिरोध सुरू भएदेखि भारतले पूर्वोत्तरको सीमासम्म आफ्नो सडक-बुनियादी ढांचालाई बलियो बनाइरहेको छ।

यसको साथै अब मोदी सरकारले डिसेम्बरदेखि ब्रह्मपुत्र नदीमा पानीभित्र रणनीतिक महत्वको १५.६ किमी लामो दोहोरो सडक सुरुङ बनाउन लागिएको बताइएको छ। केन्द्र सरकार र सैन्य सञ्चालन निर्देशनालयले पनि यस परियोजनामा सैद्धान्तिक सहमति दिएको छ।

लगभग १२,८०७ करोड रुपैयाँ लागतको यस प्रोजेक्टबाट न केवल असम राज्यको काजीरंगा राष्ट्रिय उद्यानको सुरक्षा हुनेछ तर यस सुरूङको माध्यमले अरूणाचल प्रदेशको कनेक्टिवीट देशका अन्य हिस्साहरूसित अझ बलियो हुन सक्नेछ।

विगतका वर्षहरूमा यस्ता धेरै खबरहरू आएको छ कि तिब्बत स्वायत्त क्षेत्रबाट निस्किने यारलङ जाङ्ग्बो नदीको जल प्रवाह रोक्ने उद्देश्यले चीनले अरूणाचल प्रदेशको सीमा नजिक तिब्बतको मेडोङ काउन्टिमा बाँधको निर्माण गरिरहेको छ।

ब्रह्मपुत्र नदीमा चिनी बाँध बनेपछि भारत, बंगलादेश समेत धेरै छिमेकी देशहरूलाई सुखा र बाढी दुवैको सामना गर्न पर्नसक्छ । किनभने चीनले आफ्नो हिसाबले कहिले पनि बाँधको पानी रोक्नसक्छ वा बाँधको ढोका खोल्न सक्छ।

ब्रह्मपुत्रलाई भारतको पूर्वोत्तर राज्यहरू र बांग्लादेशको निम्ति जीवनको आधार मानिन्छ । लाखौँ मानिस आफ्नो जीविकाको निम्ति यसमा निर्भर छन् । चीनको तर्फबाट उत्पन्न यस चुनौती सामना गर्नको निम्ति भारतले शक्तिशाली ब्रह्मपुत्र नदीभित्र १५.६ किमीको लामो सुरङ बनाउने तयारी गरिरहेछ। सर्वप्रथम सीमा सडक संगठन (बीआरओ)ले ब्रह्मपुत्र नदीमा सुरङ निर्माणको योजना बनाएको थियो तर बीआरओले विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयार गरेको थिएन।

यसबीच सडक मन्त्रालयले रक्षा मन्त्रालयसित परियोजनामा सहमति लियो । राष्ट्रिय राजमार्ग र बुनियादी ढाँचा विकास निगम लिमिटेड (एनएचआईडीसीएल) लाई हरियो झण्डा दियो किनभने यसको डीपीआर उन्नत चरणमा छ। यस परियोजनाको लागत १५,८०७ करोड रूपैयाँ हुनेछ । ब्रह्मपुत्र नदीमुनि चार लेनको सुरङको निर्माण टनल बोरिङ मेसिनहरूले गरिनेछ।

काम सुरू भएपछि दुई वर्षमा यो पूरा हुने अनुमान छ। एनएचआईडीसीएलका अनुसार, दुर्घटना वा अन्य कुनै आपात स्थितिको मामिलामा निकासीमा मदतका निम्ति दुवै सुरङलाई आपस्तमा जोडिनेछ। वाहनहरूको आवाजाहीमाथि नजर राख्नको निम्ति सुरक्षमा एक विद्युत सबस्टेसन, सेन्सर र सीसीटीभी हुनेछ।

नदी तलदेखि २२ मीटरमुनि बनाइने दुई सुरङमध्ये प्रत्येकमा यातायातको निम्ति दुईवटा लेन हुनेछ। परियोजनाको कुल लम्बाइ ३३ किमी हुनेछ, जसमा १५ दशमलव ६ किमी सुरङ र राजमार्गसित जोडिनको निम्ति १८ किमीको सडक सामेल छ। चार लेनको सुरङमा दुई ट्यूब्सभित्र ७०९८० किमी प्रतिघण्टाको बेगले वाहन चल्नसक्नेछन्। यस सुरङबाट अरुणाचल प्रदेशसित लाग्ने सीमासम्म सैन्य वाहन, रसद र सामरिक वस्तुहरूको आपूर्ति गराउन सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?