काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ९ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको ६ हजार १३७ जनाको पीसीआर र ३ हजार ७०३ जनाको एन्टीजेन गरी ९ हजार ८४० जनामा गरिएको परीक्षणका क्रममा ९९४ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार देशका विभिन्न भागमा गरि कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर १ हजार ३६८ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार हालसम्म निको हुनेको संख्या ७ लाख ३८ हजार ३४ पुगेको छ। त्यस्तै देशभर २७ हजार ३५५ जना सक्रिय संक्रमित रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया