एमाले स्थायी कमिटी बैठक आज बस्दै

लोकपथ
77
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै छ ।

स्थायी कमिटी बैठक आज बिहान ९ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भनवनमा बस्नेगरी बोलाइएको पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

आजको बैठकको एजेण्डा विधान महाधिवेशनका लागि प्रतिनिधि, दस्ताबेज र व्यवस्थापनको तयारीबारे रहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?