काठमाडौं । अफगानिस्तानमा तालिबानको शासन आएपछि आम जनता निकै त्रसित बनेका छन् । पछिल्ला केही दिनहरु काबुलका विभिन्न ठाँउमा तालिबानविरुद्ध प्रदर्शन भइरहेका छन् ।
महिलाहरुले उक्त प्रदर्शनको अगुवाइ गरिरहेका छन् । तालिबानले सरकार गठन गरेपछि महिलाहरु पनि सरकारमा आफ्नो सहभागिताको माग गर्दै प्रदर्शनमा उत्रीएका थिए ।
तालिबानको तानाशाही शासनविरुद्ध प्रदर्शनमा उत्रीएका छन् ।
तालिबानहरु बन्दुक लिएर विरोधमा उत्रीएका महिलाहरुलाई ताक्दा पनि उनीहरुले प्रदर्शन कायम राखेका छन् । सामाजिक सञ्जालमा उक्त तस्बिरहरु अहिले निकै भाइरल भइरहेको छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया