तलिबानद्वारा सरकार गठन, विरोध कायमै

लोकपथ
91
Shares
TOPSHOT – Taliban spokesperson Zabihullah Mujahid looks on as he addresses the first press conference in Kabul on August 17, 2021 following the Taliban stunning takeover of Afghanistan. (Photo by Hoshang Hashimi / AFP)

अफगानिस्तान । तालिबानले हिजो सरकार गठन गरेका छन् । उनीहरुले गठन गरेको सरकार उदार नभएको अर्थात् कडा खालको भएको भन्दै त्यसको विरोध भएको छ ।

केही दिनअघि मात्र पनि तालिबानले सरकारमा महिलाको प्रतिनिधित्व गराउनुपर्ने माग गर्दै महिलाले विरोध प्रदर्शन गरेका थिए । सो प्रदर्शनमा तालिबानले अश्रुग्यास हान्न लगाएका थिए । यसअघि तालिबानले उदार खालको र समावेशी सरकार बनाउने भनेका थिए ।

व्यवहारमा त्यसो हुन नसकेको भन्दै विरोध कायमै रहेको बताइएको छ । तालिबानको सरकारका विरुद्धमा अफगानिस्तानका विभिन्न सहरमा अहिले पनि विरोध जारी रहेको छ । हेरातमा भएको यस्तै विरोधका क्रममा दुई जनाको ज्यान पनि गएको थियो ।

उनीहरुले सुरुमै समावेशी खालको सरकार बनाउने र त्यसमा महिला सहभागिता पनि हुने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । अगष्ट १५ मा अफगानिस्तानका तालिबानीले यहाँको सत्ता कब्जा गरेका थिए । आफ्नो सैन्य शक्तिद्वारा सत्ता कब्जा गरेका उनीहरुले हिजो मात्र नयाँ सरकार घोषणा गरेका थिए ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?