श्रीलङ्कामा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

RSS
77
Shares

कोलम्बो । श्रीलङ्कामा कोभिड–१९ सङ्क्रमित १० हजार १४० व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

कोभिड–१९महामारीको कारण सोमबार थप १८९ जनाको मृत्यु भएसँगै अहिलेसम्म कूल १० हजार १४० सङ्क्रमितको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड–१९का बिरामीको सङ्ख्या आइतबार ४६ हजार ७६७ रहेकोमा पछिल्लो तथ्याङ्कले यो सङ्ख्या बढेर ६८ हजार पुगेको देखाएको छ ।

श्रीलङ्काले कोभिड–१९ सङ्क्रमणमा तीव्र वृद्धिको सामना गरिरहेको छ र स्वास्थ्यकर्मीहरूले हालैका हप्ताहरूमा बिरामीहरूको वृद्धिको कारण डेल्टा विविधता भएको र सबैभन्दा बढी सङ्क्रमित राजधानी कोलम्बोमा रहेको बताएका छन् ।

कोभिड–१९ को सङ्क्रमण उच्च बनेपछि अस्पतालहरूमा विरामी भर्ना गर्न शैया अभाब हुन थालेको बताइएको छ । सङ्क्रमण फैलिन नदिन सरकारले देशभरी निषेधाज्ञा (कफ्र्यू ) आदेश जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?