काठमाडौं । अफगानिस्तानमा कब्जा जमाएपछि तालिबानहरुको क्रूरता देखाउन थालेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीका अनुसार तालिबानले एक प्रन्तीय शहरमा बानू नेगर नामकी महिला प्रहरीको गोली हानी हत्या गरेका छन् ।
एक गर्भवती प्रहरी महिलालाई तालिबानले श्रीमानकै अगाडी गोली हानी हत्या गरेका हुन् ।

तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले घटना बारे थाहा पाएको बताएका छन् । तर उनले उक्त महिलालाई तालिबानले नमारेको बताएका छन् ।
तालिबानको डरले स्थानियहरु बोल्न डराएका छन् । बीबीसीको रिपोर्टमा उनको हत्या तालिबानले नै गरेको बताइएको छ ।
परिवारका अनुसार उनी त्यही स्थित एक जेलमा कार्यरत थिइन् । शनिबार तीनजना बन्दुकधारीहरु घरमा आएर उनको गोली हानी हत्या गरेका थिए ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया