प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन सिफारिस

लोकपथ
21
Shares

काठमाडौं । सरकारले संसद अधिवेशन बोलाउन सिफारिस गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको हो।

अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय भएको ​सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार सो अधिवेशनमा सरकारले यसअघि ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रस्तुत हुनेछ । आगामी अधिवेशनमा सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटको प्रतिस्थापन गर्ने विधेयक पनि ल्याउनेछ ।

शनिबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् अधिवेशन बोलाउनेबारे सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?