बेलायत । बेलायतका शिक्षामन्त्रीले बालबालिका विद्यालय जान लागेकाले यहाँको कोरोना सङ्क्रमणको दर अझ बढ्नसक्ने बताएका छन् ।
शिक्षामन्त्री ग्याबिन विलियिमसनले सो कुरा बताका छन् । उनले भने, ‘अहिले लन्डनमा केही मात्रामा भए पनि कोरोना भाइरसको सङ्क्रमणको अवस्था आएको भए पनि आगामी हप्ता यहाँका विद्यालय खुल्ने भएका छन्।’
ती विद्यालय खुलेपछि सयौँ हजार बालबालिका विद्यालय जाने भएका छन् । यसबाट देशमा कोरोना भाइरसको सङ्क्रमणको दर बढ्नसक्ने देखिएको मन्त्री ग्याभिन विलियम्सले बताए ।
उनले विद्यालय खुला भएपछि ती सबै विद्यालयका शिक्षक, बालबालिका तथा अरु कर्मचारीलाई पनि स्वास्थ्य जाँच गर्न आग्रह गरिएको बताए ।
उनले भने, “यसैकारणले हामीले बढी भन्दा बढी बालबालिका तथा नागरिकलाई कोरोना भाइरसको परीक्षण गराउन आग्रह गरिएको पहिलेका तुलनामा परीक्षणको कामलाई तीव्र बनाइएको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया